पोखरामा १५ सहित गण्डकीमा थपिए २४ कोरोना संक्रमित

पोखरा न्यूज । पोखरामा १५ सहित गण्डकी प्रदेशमा बिहीबार दिउसो थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार संक्रमित हुनेहरुमा पोखरा महानगरपालिका वडा नं ६ की १ महिला, ८ का २ पुरुष तथा १ महिला, १० का १ महिला, ११ का ३ महिला, १२ का ३ पुरुष, १७ का १ पुरुष, १८ का १ पुरुष, ३२ का १ पुरुष, कास्की माछापुच्छ्रेका १ पुरुष रहेका छन् ।

त्यस्तै संक्रमित हुनेहरुमा तनहुँ जिल्ला व्यास नगरपालिकाका २ पुरुष तथा १ महिला, घिरिङका २ पुरुष, भिमादका १ पुरुष, पर्वत जिल्ला कुश्माका १ पुरुष, स्याङजा जिल्ला ओरष्टेका १ महिला, गोरखा जिल्ला गोरखा नगरपालिकाका १ पुरुष रहेका छन् । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११५५३ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button