गीतकार विष्णु पौडेलको ‘तिमीलाई पर्खीबसे’ गीत सार्वजनिक

पोखरा । गीतकार विष्णु पौडेलको गीत ‘तिमीलाई पर्खिबसे’ सार्वजनिक भएको छ । यो गीत उहाँले आज भन्दा १२ वर्ष पहिले रचना गर्नुभएको हो । गीतकार पौडेलको जन्म पोखरा महानगरपालिका वडा नम्बर २८ कालिकामा भएको हो । पत्रकारिता क्षेत्रमा क्रियाशील पौडेल हाल अमेरिकाको न्यूवर्कमा हुनुहुन्छ ।

पौडेलले अमेरिकामा बस्दै कल्पना गरेर यो गीत सिर्जना गर्नुभएको थियो । यसरी रचना गरिएको गीत २ वर्ष अगाडि रेकर्ड गरिएको गीत हो । ‘अहिलेको जमाना भनेको सुन्ने भन्दा पनि हेर्ने जमाना भएकाले नै भिडियो निर्माण गरिएको हो । चाहे स्वदेश होस् या विदेश आफ्नो मन परेको मानिसलाई हेर्ने र जीवनमा आफ्नो बनाउने कल्पना गरी कुरेर बसेको कुरालाई नै गीतमा पस्किएको छ । गीत बजारमा आइसकेपछि जो आफ्नो मन परेको मानिसलाई पर्खी बसेकाहरुको भावनालाई पनि पक्कै छुने अपेक्षा राखेको छु’ अमेरिकाबाट पोखरा न्यूजसँग कुारकानी गर्दै उहाँले भन्नुभयो । उहाँले हालसम्म झण्डै ७० वटा गीत रचना गर्नुभएको छ । केही गीत रेर्कड भएका छन् । केही रेकर्डिङको तयारीमा समेत छन् ।

तिमीलाई पर्खीबसे गीतमा संगीत विमल डागीको छ भने कर्णप्रिय आवाजका धनी रामकृष्ण ढकालको स्वरले गीतलाई थप ओजनदार बनाएको छ । गीतको भिडियो समेत आर्कषक बनेको छ । श्याम शुक्ला फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको भिडियोमा शिव वाग्ले र जानकी थापा मोडलको रुपमा हुनुहुन्छ । सागर राज आचार्यले छायाकंन गरेको गीतको सम्पादन जीवन थापाले गर्नुभएको हो । भिडियोको निर्देशन घनश्याम लामिछानेले गर्नुभएको हो ।

भिडियोको छायाकंन सराङकोट माउन्टेन रिर्सोट फेवाताल वरपरका स्थानमा भएको हो । ‘भिडियोमा नयाँ कलाकारहरुले अभिनय गरेका छन् । एउटा सच्चा माया गर्ने जोडिको कथामा भिडियो आधारित छ । म्युजिक भिडियो एउटा आदर्श कथा बोकेको प्रेम वियोगान्तमय बनेको छ’ निर्देशक लामिछानेले पोखरा न्यूजसँग भन्नुभयो । भिडियोमा कथाको पुरा कहानी भने हेर्न पाइदैन । कथा अर्को भिडियोमा आउने गरी अहिलेको भिडियोमा केटाको कथा मात्र राखिएको निर्देशक लामिछाने खुलाउनुभयो । ‘त्यति ठूलो अपेक्षा छैन । नयाँ कलाकार लिएर आउँदानै म खुसी छु । बाँकी उनीहरुको काममा निर्भर छ’ उहाँले भन्नुभयो । नेपाली चलचित्र निर्देशन गरी स्थापित बनिसक्नुभएका लामिछानेको निर्देशनमा बनेको यो १२ औँ म्युजिक भिडियो हो । भिडियो श्यामशुक्ला इन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button