पोखरामा ५५ कोरोना संक्रमित थपिए, थप ३ जनाको मृत्यु

गण्डकीका थप ११९ जनामा कोरोना पुष्टि

पोखरा न्यूज । गण्डकी प्रदेशमा शनिबार थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरामहानगरका ५५ जना, मादी गाउँपालिकाका १ जना र माछापुच्छ्रे गाउँपालिकाका ३ जना गरी कास्कीमा ५९ जना सहित लमजुङका २१ जना, बागलुङका १८ जना, गोरखाका ७ जना, तनहुँका ६ जना, म्याग्दीका ३ जना, पर्वत र मुस्ताङका २-२ जना तथा स्याङजाका १ जना गरी प्रदेशका ९ जिल्लाका थप ११९ जनामा कोरोना भाइरस देखिएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ का ३ पुरुष तथा १ महिला, २ का २८ महिने बालकसहित ३ पुरुष तथा १ महिला, ४ का १ पुरुष, ५ का २ पुरुष तथा १ महिला, ६ का १ पुरुष, ७ का १ पुरुष, ८ का २ पुरुष, १० का १ पुरुष, ११ का ३ महिला, १२ का १ पुरुष तथा १ महिला, १३ का २ पुरुष, १४ का ४ पुरुष तथा २ महिला, १५ का २ पुरुष तथा २ महिला, १६ का १ पुरुष तथा १ महिला, १७ का ५ पुरुष तथा ३ महिला, १९ की १ महिला, २२ का १ पुरुष, २६ का १ पुरुष तथा १ महिला, ३० का १ पुरुष तथा १ महिला, वडा नखुलेका ४ पुरुष तथा १ महिला, मादी गाउँपालिकाका १ पुरुष र माछापुच्छ्रे गाउँपालिकाका १ पुरुष तथा २ महिला रहेका छन् ।

तनहुँ शुक्लागण्डकीका ३ पुरुष तथा ३ महिला, स्याङजाका पालिका नखुलेका १ पुरुष, बागलुङ जिल्ला बागलुङ नगरपालिकाका ७ पुरुष तथा ३ महिला, जैमिनीका २ पुरुष तथा २ महिला, काठेखोलाका १ पुरुष, गलकोट नगरपालिकाका १ पुरुष, लमजुङ सुन्दरबजारका ३ पुरुष तथा १ महिला, दुधपोखरीका १ पुरुष, राइनासका ४ पुरुष तथा १ महिला, बेँसीशहरका ३ पुरुष तथा ३ महिला, मध्येनेपालका २ पुरुष तथा ३ महिला, गोरखा अजिरकोटका ३ पुरुष, गोरखा गण्डकी गाउँपालिकाका ३ पुरुष तथा १ महिला, म्याग्दी बेनीकी १ महिला, अन्नपूर्णका १ पुरुष तथा १ महिला, पर्वत कुश्माकी १ महिला, फलेवासका १ पुरुष र मुस्ताङका २ पुरुष रहेका छन् ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ५ सय ९८ पुगेको छ । पछिल्लो २४ घन्टामा १ जना निको संगै प्रदेशमा संक्रमण मुक्त हुनेको संख्या ७ हजार २ सय ९२ पुगेको छ ।

पोखरामा कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमण पुष्टि भइ पोखराका २ अस्पतालमा उपचाररत २ पुरुष तथा १ महिलाको मृत्यु भएको हो ।

मंसिर १६ गते कोरोना संक्रमण पुष्टि भएका पोखरा १२ का ८० वर्षीय पुरुषको शनिबार दिउसो १२:१५ बजे तथा मंसिर १८ गते संक्रमण पुष्टि भएकी पोखरा ११ की ७२ वर्षीया महिलाको शुक्रबार बेलुका ८:४५ बजे पोखराको फिस्टेल हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

त्यसै गरी कार्तिक २८ गते संक्रमण पुष्टि भइ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रमा उपचाररत पोखरा १७ का ५७ वर्षीय पुरुषको शनिबार बिहान ४ बजे उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । यस संगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६६ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button