गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना संक्रमण

पोखरा न्यूज । गण्डकी प्रदेशमा मंगलबार थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका कास्की, स्याङ्जा, म्याग्दी, पर्वत जिल्लाहरुका व्यक्तिहरुमा संक्रमण देखिएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मंगलबार दिउसोसम्म कोरोना संक्रमितको संख्या १५ हजार २२४ जना पुगेको छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नं १ का २ जना पुरुष, वडा नं ३ का ४ जना पुरुष, वडा नं ५ का १ जना महिला, वडा नं ६ का १ जना पुरुष, वडा नं ७ का १ जना पुरुष, वडा नं ८ का १ जना पुरुष, वडा नं ९ का ३ जना महिला, वडा नं १० का १ जना महिला र २ जना पुरुष, वडा नं १२ का १ जना महिला र १ जना पुरुष, वडा नं १३ का १ जना पुरुष र वडा नं १४ का १ जना महिला र ६ जना पुरुष, वडा नं १६ का १ जना पुरुष, वडा नं १७ का १ जना महिला र १ जना पुरुष, वडा नं ३० का १ जना महिला र १ जना पुरुषमा संक्रमण देखिएको हो ।

त्यसैगरी पर्वतको मोदी गाँउपालिकाको वडा नं ७ का १ जना पुरुष, म्याग्दीको बेनी नगरपालिका वडा नं ८ का १ जना महिला र १ जना पुरुष, स्याङ्जाको वालिङ नगरपालिका वडा नं ८ का १ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु मध्ये १४ जना संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको निर्देशनालयले जानकारी दिएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणबाट उहाँहरुको पहिचान भएको थियो । त्यसैगरी ५ जना संक्रमितहरुमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको फिभर क्लिनिकमा गरिएको परिक्षणबाट संक्रमण पुष्टि भएको हो । १६ जना लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परिक्षणबाट पहिचान भएको निर्देशनालयले जानकारी दिएको छ । सबै संक्रमितहरुलाई आइसोलेसनमा व्यवस्थापन गरिने पनि निर्देशनालयको भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button