पोखराको महाप्रभु धामलाई धार्मिक एवं पर्यटकीय स्थलको रुपमा विकास गरिने

पोखरा न्यूज संवाददाता । पोखराको धार्मिक एवं पर्यटकीय स्थल महाप्रभु धामको प्रचारप्रसार र विकासमा अगाडि वढ्ने स्थानीयले प्रतिवद्धता जनाएका छन् ।

पोखरा-१३ आर्बाको सिरानमा अवस्थित धार्मिक एवं पर्यटकीय स्थल महाप्रभु धाममा शनिबार भेला भएका स्थानीयले त्यस्तो प्रतिवद्धता जनाएका हुन् । भेलाले महाप्रभु धाम रतनपाण्डे पर्यटकीय विकास समितिको नयाँ कार्यसमिति पनि गठन गरेको छ ।

शहरी क्षेत्रमा भएपनि धामलाई धार्मिक एवं पर्यटकीय क्षेत्रमा विकास गर्न नसकिएको महशुस सहभागीले गरेका छन् । स्थानीय सरकारले पनि धामको विकासमा त्यति ध्यान नदिएको गुनासो स्थानीय किशोरदत्त बरालको छ । धार्मिक एवं रमणीय क्षेत्र भएरपनि यस क्षेत्रको विकास हुन नसक्नु विडम्वना हो, अर्का वक्ता योगराज बरालले भन्नुभयो ।

धार्मिक तथा पर्यटकीय स्थल धामबाट अन्नपूर्ण तथा धौलागिरि हिमश्रृंखला, पोखरा उपत्यका, लमजुङ, हिमाल , पर्यटकीय क्षेत्र सिक्लेस, पर्वत, बागलुङ, स्याङ्जा तथा तनहुँका केही भागको दृष्यावलोकन गर्न सकिन्छ । साथै धामलाई धार्मिक तथा पर्यटकीय रुपमा विकास गर्न शनिबार महाप्रभु धाममा सम्पन्न स्थानीयको भेलाले धार्मिक व्यक्तित्व धर्मराज बरालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button