आजको राशिफल : २०७७ माघ २० गते मंगलबार

आज मितिः २०७७-माघ-२०, मङ्गलबार, नेपाल सम्वत् ११४१, तदनुसार फ्रेब्रुवरी महिनाको २, २०२१, माघकृष्ण पक्ष, सम्वण्त्सरः प्रमादी ।

तिथिः पञ्चमी घ.प.:२८ः२७(१८ः१५), नक्षत्रः हस्ता(४४ः२३), योगः सुकर्मा, करणः कौलव, आनन्दादी योग : सौम्य

चन्द्रमाः कन्या, सूर्यः मकर, अयनः उत्तरायण

सूर्योदयः ६ः५२

सूर्यास्तः १७ः४४

आजको राशिफलः

मेष.  तपाईंको आजको दिन राम्रो छैन । झैझडाको सम्भावना देखिएकाले सतर्कता अपनउनुपर्ने देखिन्छ । खर्च बढेर जानेछ । स्वास्थ्यले पनि साथ नदिँदा चिन्ता बढेर जाने छ । आफन्त तथा साथप्भाइले धोका दिने योग देखिएको छ ।

वृष. तपाईंको आजको दिनमा बोलिको प्रभाव बढेर जानेछ । रमाइदो यात्राको सम्भावना रहेको छ । गरेका कामहरु सहजै पूरा गर्न सक्ने योग रहेको छ । आर्थिक कारोबारहरु सफल हुने देखिन्छ ।

मिथुन. धार्मिक कार्यमा मन जानुका साथै सन्तानको साथले सबै कामकारबाही सहजतापूर्वक सम्पन्न हुने देखिन्छ । अरुको मन जित्ने योग रहेको छ । धनार्जको बाटो खुलेकाले थोरै बिचार गर्नुहोला ।

कर्कट. तपाईंको आजको दिन राम्रै देखिन्छ । नयाँ-नयाँ कामहरुको शुरुवात हुनेछ । साथीभाइबाट सहयोग मिल्नेछ । थोरै परिश्रम र बिचार गरेर काम गर्नुभयो भने जस्तोसुकै कठिन अवस्थालाई पनि सहज पार गर्नुहुनेछ ।

सिंह. तपाईंले आज धोका मात्र पाउने योग रहेको छ । विवादास्पद काममा हात हाल्न पुग्दा समस्या देखिनेछ । चिन्ता बढ्ने भएकाले सतर्कता र सोच विवेक अपनाउनुपर्ने देखिन्छ । यात्राको अवसर प्राप्त भएपनि खर्च ज्यादा हुने देखिन्छ ।

कन्या. तपाईंको आजको दिन उत्कृष्ट रहेको छ । मान-सम्मान प्राप्त गर्नुका साथै मिष्ठान्न भोजनको योग रहेको छ । अर्थोपार्जनको मार्ग खुलेको छ । गरेका र आँटेका काम सबै सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । स्वास्थ्यले साथ दिनेछ ।

तुला. जागिरमा सफलता मिल्दा पदोन्नतिको सम्भावना पनि उत्तिकै रहेको छ । नाम र दाम कमाउने योग रहेको छ । अध्ययनमा रुची जानेछ । आजको दिन तपाईंको लागि खुलेको छ । आफन्त र इष्टमित्रको सहयोग पाउनुहुनेछ ।

वृश्चिक. राम्रा समाचार सुन्न पाइनेछ । गतिशीलताका साथ गरिएको कार्यले पूर्णता पाउनेछ । मनले इच्छाएका कुराहरु पुग्ने देखिन्छ । स्वास्थ्यले साथ दिनेछ । साथीभाइको सहयोग मिल्नेछ । धर्म-कर्ममा मन जानेछ ।

धनु. मानसिक चिन्ताले सताउनेछ । मन द्विविधामा जाँदा गरेका कार्यहरु सफल नहुन पनि सक्छ । अध्ययनमा सोचेजस्तो प्रगती नहुने देखिन्छ । आत्मबल कमजोर हुने समय भएकाले थोरै भए पनि आँट बढाउनुपर्ने देखिन्छ ।

मकर. जीवनशैलीमा सुधार आउने देखिन्छ । चिताएको कामकारबाही सहजै पूरा हुने देखिन्छ । स्वास्थ्यले साथ दिनेछ । एकत्रित कार्यले सफलता मिल्ने देखिन्छ । व्यापारबाट राम्रो अर्थोपार्जन हुने योग रहेको छ ।

कुम्भ. नयाँ व्यापार तथा उद्योगको सुरुवात गर्ने योग रहेको छ । कृषिकार्यले साथ दिनेछ । मनग्य आम्दानीको बाटो खुलेको छ । पद-प्रतिष्ठा पाइनेछ । आम्दानीका नयाँ-नयाँ श्रोतहरु खुलेका छन् । अध्ययनमा मन जानेछ ।

मीन. तपाईंको आजको दिनमा राम्रो देखिदैन । चिन्ता बढ्नुका साथै खर्चको मात्रा पनि बढेर जाने समय भएकाले बिचार पु¥याउनुहोला । मानसिक दोधार बढ्ने भएकाले काम गर्दा सचेत हुनुपर्नेछ । अरुले नगरिएको कामकारबाहीमा फसाउन सक्नेछन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button