कोरोना विरुद्धको खोप लगाउन स्पष्ट खाका ल्याउन काँग्रेसको माग

पोखरा न्यूज संवाददाता । नेपाली कांग्रेसले कोभिड-१९ विरुद्धको खोप लगाउन स्पष्ट खाकासहितको स्वेतपत्र सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

कोभिड-१९ विरुद्धको खोप लगाउने विषयमा सरकार गम्भीर नभएको भन्दै कांग्रेसले सबै जनतालाई खोपको सुनिस्चितता दिनेगरी कार्ययोजनासहितको स्वेतपत्र सार्वजनिक गर्न माग गरेको हो । बिहीबार कांग्रेस सह-महामन्त्री प्रकाशशरण महतले स्पष्ट खाकासहितको विस्तृत कार्ययोजना सार्वजनिक गर्न सरकारसँग माग गर्नुभएको हो । खोप खरिद गर्नुपर्ने खण्डमा खरिद प्रक्रिया पारदर्शी हुनुपर्ने र त्यसको विश्वसनियताको विषयमा जनतालाई सुनिश्चित गर्न जरुरी रहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो ‘खोप खरिद गर्नुपर्ने खण्ड छ भने त्यो खरिद प्रक्रिया पनि पारदर्शी, सुरक्षा र विश्वसनियताको बारेमा पनि नेपाली जनतालाई सुनिस्चित गर्न जरुरी छ । त्यसको सुस्पष्ट खाका सहितको विस्तृत समयकालिन कार्यतालिका सहित, स्रोतसहितको कार्ययोजना सरकारले सार्वजनिक गर्नुपर्छ । यो हामी माग गर्छौं ।’

खोप लागउने विषयमा सरकार गम्भिर नभएको पनि सह-महामन्त्री महतले बताउनुभयो भारतले १० लाख खोप निःशुल्क दिएको र सो खोप दिन थालिएपनि पारदर्शी कार्ययोजना आउन नसकेको महतको भनाई छ । उहाँले भन्नुभयो ‘पछिल्लो दिनमा खोप विभिन्न संस्थाहरुले तयार गरेका छन त्यो खोप नेपालमा खोप लगाउने विषयमा सरकार गम्भिर भइराखेको छैन । भारतले १० लाख निःशुल्क दिएको कुरा छ र त्यो खोप दिन थालिएको भनिएको छ । तर पारदर्शी कार्ययोजना आएको छैन । सरकारले प्रस्तुत गरेको छैन ।’

सबैभन्दा पहिला अग्रपंतिमा काम गर्नेलाई पहिलो प्राथमिकतामा राखेर खोप दिने कुरा ठिक भएपनि ज्येष्ठ नागरिकलाई कसरी खोप दिने भन्ने कुराको कार्ययोजना ल्याउन नसकेको बताउनुभयो । निःशुल्क खोप कहाँकहाँबाट आउँदै छ र रकम तिरेर ल्याउने कार्ययोजना के छ भन्ने विषयलाई सरकारले स्पष्ट पार्नुपर्ने पनि सह-महामन्त्री महतले बताउनुभयो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button