बस दुर्घटनामा परी युवाको मृत्यु

पोखरा न्यूज । नवलपुरमा बुधबार दिउँसो बस दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु भएको छ ।

पूर्व-पश्चिम राजमार्ग अन्तरगत नवलपुरको विनय त्रिवेणी गाउँपालिका-२ घिउखोलामा ना६ख ५०३५ नं को बस सडकमा पल्टिदा दाङ जिल्ला घोराही उपमहानगरपालिका-१४ निवासी ४० वर्षीय मोतीराम बुढाको मृत्यु भएको हो ।

बस अनियन्त्रित भई सडकमा पल्टिएको भएपनि बुढा भने सडकबाट दुई सय मिटर तल मृत अवस्थामा फेला परेको जानकारी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी निरीक्षक गणेश पौडेलले दिनुभयो । दिउसो १.०० बजे भएको उक्त दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button