यौन प्रकरणका कारण भारतका एक मन्त्रीद्वारा राजीनामा

पोखरा न्यूज । भारतको कर्नाटक राज्यका मन्त्री रमेश जर्किहोलीले बुधबार पदबाट राजीनामा दिनुभएको छ ।

आफूविरुद्ध यौन दुराचारसम्बन्धी मुद्दा दर्ता भएपछि पदबाट राजीनामा दिन उहाँ बाध्य हुनुभएको हो । उहाँको राजीनामा स्वीकृत गर्नका लागि कर्नाटक राज्यका मुख्यमन्त्रीले राज्यपाल भाजुभाइ भालालाई सिफारिस गर्नुभएको छ । जर्किहोलीले जलस्रोत मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो ।

उहाँले दिनुभएको राजीनामा पत्रमा घटनाका बारेमा निष्पक्ष छानबिन गरेर सत्य तथ्य सार्वजनिक गर्न माग गरिएको छ । तर अहिलेलाई भने आफूले नैतिकताका आधारमा राजीनामा दिएकाले स्वीकृत गर्न पनि उहाँले अनुरोध गर्नुभएको छ । कर्नाटकका अर्का मन्त्री जगदिश शेत्तारले पनि जर्किहोलीले राजीनामा दिएको पुष्टि गर्दै मङ्गलबार उहाँका विरुद्धमा मुद्दा परेकाले बुधबार उहाँले राजीनामा दिनुभएको उल्लेख गर्नुभएको छ ।

घटनापछि आमनागरिक पक्ष र विपक्षमा विभाजित भएका छन् । प्रहरी अधिकारीहरूले अनुसन्धान अगाडि बढाइसकिएको बताएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button