कतारको श्रम कानुनको जानकारी अब नेपाली भाषामा ह्वाट्सएपमा

तिलु शर्मा पौडेल, दोहा कतार। आप्रवासी कामदारलाई कतारको श्रम कानुन सम्बन्धी जानकारी नेपाली सहित ६ वटा भाषामा ह्वाट्सएप मार्फत नै प्राप्त गर्न सकिने भएको छ । प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयसँगको सहकार्यमा सरकारी सूचना प्रदायक निकायले यस्तो व्यवस्था गरेको हो ।

कतारमा श्रमिकको अधिकार, कतार भिसा सेन्टर बारे जानकारी लगायतका जानकारी निःशुल्क रूपमा ह्वाट्सएप मार्फत आधिकारिक सुचना प्राप्त गर्न सकिने विज्ञप्तिमा जनाइएको छ । २४ सै घण्टा सेवा लिन सकिने स्वचालित च्याट प्रणाली मार्फत जानकारी नेपाली, अरबी, अंग्रेजी, उर्दू, हिन्दी तथा मलायलम भाषामा लिन सकिनेछ । उक्त सेवा लिनका लागि ह्वाट्सएपमा +९७४ ६००६०६०१ नम्बर सेभ गरेर लिन सकिनेछ । सो नम्बरलाई जोडेपछि कुन भाषामा आफूले जानकारी चाहेको हो सो नम्बर टाइप गरेर पठाउनु पर्दछ ।

नेपाली भाषामा सूचना, जानकारी चाहिएमा ५ नम्बर लेखेर पठाउन सकिन्छ । त्यसपछि पुनः ७ अङ्क सम्मको सूचि प्राप्त हुनेछ जसअनुसार १ लेखेर आफ्नो अधिकारका बारेमा, २ लेखेर कतार भिसा सेन्टर मार्फत आवेदन दिन, ३ अङ्क लेखेर उजुरीहरू दिन, ४ लेखेरआफुले दिई सकेको आवेदनको स्थिति बुझ्न ५ लेखेर मुख्य प्रश्न र उत्तर प्राप्त गर्न ६ अङ्क लेखेर फोन गर्नको लागि महत्त्वपूर्ण नम्वरहरु प्राप्त गर्ने र अन्तिम ७ टाइप गरेर भाषा परिवर्तन गर्नको लागि भन्ने जानकारी म्यासेजमा आउनेछ र ति अङ्क र शीर्षकमा तपॉईले पठाएको या रोजेको अङ्क र विषयको आधारमा आधिकारिक जानकारी प्राप्त गर्न सकिनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button