एकल गायन प्रतियोगिताको फाइनलमा १२ जना प्रवेश

पोखरा न्यूज । सप्तरंगी सांस्कृतिक प्रतिष्ठान नेपालले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय एकल गायन प्रतियोगिताकोे फाइनल प्रतिस्पर्धाको लागि १२ जना प्रतिभा छानिएका छन् ।

पोखरा तथा बागलुङमा भएका दुई छुट्टाछुट्टै अडिसन मार्फत छानिएका २८ जना प्रतियोगी मध्येबीच भएको प्रतिस्पर्धामा अब्बल बन्दै ती प्रतिभा उत्कृष्ट १२ मा छानिएका हुन् । यसरी छनोट हुनेमा जीवन बिश्वकर्मा बागलुङ, राम घर्तिमिरे म्याग्दी, बिजेश नेपाली कास्की, अमन सुबेदी बाग्लुङ, योगेश गौतम स्याङ्जा, शान्त सुनार बागलुङ, कुसुम पुन मगर बागलुङ, अरुण सुनार पर्वत, सरिता राई कास्की, उपेश थापा कास्की, निर्मल बि.क बागलुङ र संगीता गायक कास्की रहनुभएको निर्णायक लक्ष्मी गिरी जानकारी दिनुभयो ।

अडिसनको निर्णायकमा संगीतकार नवराज बराल, गीतकार सुमन श्रापीत र गायिका लक्ष्मी गिरी रहनुभएको थियो । प्रतियोगीहरुले लाइभ म्युजिक र म्युजिक ट्रयाकमा आफ्नो प्रस्तुति सुनाएका थिए । उनीहरुलाई वाध्यवादनमा दिवस थापा मगर, मिलन गिरी, सूर्य घतानी र सुनील बरालले साथ दिनुभयो ।

सोही कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपतिसमेत रहनभएका सप्तरंगी सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष पद्मराज ढकालसहित प्रदीप तिवारी र करुणा घमाललेसमेत आफ्नो प्रस्तुति राख्दै थप रौनकता प्रदान गरेको अर्का निर्णायक सुमन श्रापीतले बताउनुभयो ।

कार्यक्रम संयोजक नवराज बरालको सभापतित्व तथा र कार्यक्रमका सह संयोजक सुमन श्रापीतको संचालनमा भएको एकल गायत तर्फको उत्कृष्ट १२ छनोट कार्यक्रममा गण्डकी प्रदेश, सामाजिक मन्त्रालयका सचिव बिनोदबहादुर कुँवर, संस्थाका सल्लाहकार अभिमन्युबिक्रम राणा, महासचिव मनकुमार श्रेष्ठ, सहकोषाध्यक्ष सानु जोजिजू लगायतले प्रतियोगिताको बारेमा बोल्नुभएको थियो ।

सप्तरंगी सांस्कृतिक प्रतिष्ठान नेपालले नयाँ प्रतिभाको खोजी गर्न गण्डकी प्रदेशस्तरीय सामूहिक लोकनृत्य तथा एकल गायन प्रतियोगिताको आयोजना गरेको हो । यही चैत ७ गते पोखरा उद्योग वाणिज्य संघको हलमा सप्तरंगी प्रतिभाको खोजी-२०७७ अन्र्तगत, एकल खुल्ला गायन प्रतियोगिता र सामुहिक लोक नृत्य प्रतियोगिताको एकै मञ्चमा फाइनल राउण्ड सञ्चालन हुने आयोजकको भनाई छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button