नवलपुरमा कार र मोटरसाइकल ठोक्किँदा २ घाइते

पोखरा न्यूज । नवलपुरमा बिहीबार कार र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।

पूर्व-पश्चिम राजमार्ग अन्तरगत कावासोती नगरपालिका-३ हलचोकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश नं.२ -०३-००४ प ६२७७ नं.को मोटरसाईकल र सोही दिशाबाट आउँदै गरेको प्रदेश नं.३-०१-०२४च १४८० नं.को कार एकआपसमा ठक्कर खादा दुई जना घाइते भएका हुन् ।

दुर्घटनामा घाइते हुनेमा मोटरसाइकल चालक सोही ठाँउ निवासी ५३ वर्षीय चोलाकान्त कंडेल र पछाडि सवार ४७ वर्षीया शान्ति कंडेल घाइते भएका हुन् । उनीहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । ठक्कर दिने कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button