आर्थिक रुपान्तरण २०३०को कार्यान्वयनमा सबैको योगदान आवश्यकः चन्द्रप्रसाद ढकाल

पोखरा न्यूज सम्वाददाता । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक रुपान्तरण २०३० को कार्यान्वयनमा सबै पक्षको योगदान आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको ५५ औ बार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउदै सम्मृद्ध मुलुक निर्माणका लागि महासंघको भिजन पत्रको रुपमा आएको आर्थिक रुपान्तरण २०३०ले महत्वपुर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले महासंघले तयार गरेको आर्थिक रुपान्तरण २०३० कार्यान्वयनका लागि सरकारसंगै सबै सरकोकारित निकायबीच सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो । उहाँले आगामी आर्थिक बर्षको बजेट र मौद्रिक नीतिका सम्बन्धमा आफूहरुले दिने सुझावलाई सरकारले सकारात्मक रुपमा लिने अपेक्षा आफूहरुले गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो “कोभिड १९ ले पारेको प्रभाव र अर्थतन्त्रलाई चलायमा बनाउनका लागि महासंघले आर्थिक रुपान्तरण २०३० मार्फत प्राररुप तयार पारेको छ । यसलाई महासंघले भिजन पेपर पनि भन्ने गरेको छ । यसको कार्यान्वयनका लागि सरकार लगायत सबै निकायबीचको सहकार्य र समन्वयबाट मात्र संभव छ ।”

उहाँले कोभिड १९ का कारण पर्यटन, घरेलु, साना तथा मझौला उद्योग लगायत यातायात क्षेत्रमा ठूलो असर पुगेको र अहिले पनि जोखिम यथावत रहेकाले मानिसको स्वास्थ्य र अर्थतन्त्र दुवैलाई जोगाएर काम गर्नुपर्ने स्थितितर्फ सबैलाई सचेत गराउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button