प्रधानमन्त्री ओलीद्वारा पार्टी एकतामा जाेड दिँदै ६ बुँदे प्रस्ताव

पाेखरा न्यूज । प्रधानमन्त्री तथा नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र एकतामा जाेड दिँदै आज साँझ  ६ बुँदे प्रस्ताव पेश गर्नुभएकाे छ ।

पार्टीकाे असन्तुष्ट समूहले एकताका लागि १० बुँदे प्रस्ताव राख्दै आएकाे छ ।

ओलीले एकतामा जाेड दिँदै राखेकाे प्रस्तावमा मातहतका पार्टी कमिटी र जनसङ्गठनहरु मूलभूत रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने उल्लेख छ ।

आज साँझ ओलीले जारी गरेको विज्ञप्तिमा विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्चमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको एमालेका निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुने प्रस्ताव गरिएको छ ।

यस बिचमा भएका गतिबिधिका आधारमा कसैलाई कारबाही नगरिने पनि विज्ञप्तिमा प्रस्ताव गरिएकाे छ ।

हेर्नुस् यस्ताे छ  ओलीकाे ६ बुँदे प्रस्तावः

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button