कास्कीमा ११८  सहित गण्डकीमा थप ३२१ मा संक्रमण पुष्टि

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ६० जना पुरुष तथा ५८ जना महिला गरी ११८ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार ३०४  जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ३२१ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ११८ सहित म्याग्दीका ३ जना, पर्वतका ४ जना, गाेरखाका २६ जना लमजुङका २६ जना तनहुँका ३५ जना, बाग्लुङका ३० जना स्याङ्जाका १० जना, मुस्ताङका ४३ जना र नवलपुरका २६ जना गरी प्रदेशका १० जिल्लामा १७७ पुरुष तथा १४४ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५३ हजार ७०८  पुगेको छ। पछिल्लो २४ घण्टामा ५४० जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ४९ हजार ९११ पुगेको छ ।

गण्डकीमा थप ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ९१४ पुगेको छ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button