पोर्चुगललाई पराजित गर्दै बेल्जियम युरोकपको क्वार्टरफाइनलमा

पोखरा न्यूज । साविक विजेता पोर्चुगललाई पराजित गर्दै बेल्जियम युरोकप २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको क्वार्टरफाइनल खेलमा विश्व नम्बर एक बेल्जियमले साविक विजेता पोर्चुगललाई १-० गोल अन्तरले पराजित गरेको हो । बेल्जियमको जितमा खेलको ४२औं मिनेटमा थोर्गन हाजार्डले गरेको उत्कृष्ट गोल नै निर्णायक बन्न पुग्यो ।

पोर्चुगलले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा खेलमा फर्कन सकेन र युरोकप २०२० को क्वार्टरफाइनलबाटै बहारिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button