चेक रिपब्लिक क्वाटरफाइनलमा प्रवेश

पोखरा न्यूज । नेदरल्याण्ड्सलाई पराजित गर्दै चेक रिपब्लिक युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति आइतबार भएको खेलमा चेक रिपब्लिकले नेदरल्यान्ड्सलाई २-० गोलले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो। पहिलो हाफमा दुवै टोलीले गोल गर्न नसके पछी गोलरहित बराबरी सकिएको थियो

दोस्रो हाफ शुरु भएको ५५ औँ मिनेटमै  नेदरल्यान्ड्सका माथिस डि लिग्टले ५५ औं मिनेटमा रातो कार्ड पाएर मैदानबाट बाहिरिए । १० खेलाडीमा सिमित नेदरल्याण्ड्स दबाबमा राख्दै खेलको ६८ औं मिनेटमा टोमश होल्सले गोल गर्दै चेक रिपब्लिकलाई अग्रता दिलाए।

त्यस्तै खेलको ८० औं मिनेटमा चेकका प्याट्रिक शिकले दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए । चेकले सेमिफाइनल प्रवेशका लागि डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ।

 

 

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button