गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता बास्तोलाले लिए शपथ

पोखरा न्यूज । गण्डकी प्रदेशका नवनियुक्त मुख्यन्यायाधिवक्ता रोहितराज बास्तोलाले आज आफ्नो पदको शपथ लिनुभएको छ ।

उहाँलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष उच्च अदालत पोखराका मुख्य न्यायाधिश रमेश पोख्रेलले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।

सो कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली, सभामुख नेत्रनाथ अधिकारी, प्रदेशका मन्त्रीहरु, प्रदेशसभा सदस्य र सचिवहरुको उपस्थिती रहेको थियो । बास्तोलालाई मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख पौडेलले सोमबार नियुक्त गर्नुभएको थियो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button