ब्यालेन्स नभएको चेक दिएर फरार लाक्पा पक्राउ

पोखरा न्यूज । उच्च अदालत पाटनले रु १५ लाख जरिवाना ठहर गरेपछि पर्याप्त एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु १५ लाख जरिवाना गरेपछि फरार रहेका काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–७ का ५९ वर्षीय लाक्पा लामालाई आज पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७७ माघ ९ को फैसलापछि सात दिन कैद र बिगोबमोजिम रु १५ लाख जरिवानापछि फरार रहेका लामालाई आज काठमाडौँको चक्रपथबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ लामाले आफ्नो जनता बैंक लिमिटेडको खातामा पर्याप्त मौज्दात नहुँदानहुँदै विभिन्न व्यक्तिलाई झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । उच्च अदालतले लामालाई बैंकिङ कसुर तथा सजाया ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसुरमा दफा १५ (१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका लामालाई फैसला कार्यान्वयनको लागि आज ललितपुर जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताउनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button