रविन्द्र मिश्रकाे प्रस्तावः संघीयताको खारेजी र धर्म निरपेक्षता बारे जनमत संग्रह (पूर्ण पाठ)

पोखरा न्यूज । विवेकशील साझा पार्टीका अध्‍यक्ष रवीन्‍द्र मिश्रले संघीयताका र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने माग अगाडि सार्नु भएको छ ।

‘मार्ग परिवर्तन र विचारभन्दा माथि देश’ नाम दिइएको ४४ पृष्‍ठ लामो लिखित धारणा सार्वजिनक गर्दै उहाँले बहस र छलफलका आव्हान समेत गर्नु भएको छ ।

उहाँले स्‍थानीय निकायको पुनर्संरचना, संघीयताका र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्न बहस चलाउनु पर्ने धारणा सार्वजनिक गर्नु भएको हो । संघीयता नेपालको अखण्डताको लागि घातक भन्दै यसको खारेजीको माग पनि उहाँले गर्नु भएको छ । त्यसैगरी यो भ्रष्‍टाचार र आर्थिक भारको स्रोत भएको उहाँको भनाइ छ ।

उहाँले धर्म निरपेक्ष राष्‍ट्र कायम राख्‍ने वा नराख्‍ने भन्‍नेबारे जनमत संग्रह गर्नुपर्ने माग पनि राख्नु भएको छ । धर्म निरपेक्षताले धार्मिक सहिष्णुता बढाउनुको साटो घटाउँदै लगेको उहाँको तर्क छ । (पूर्ण पाठ)

[pdf-embedder url=”https://www.pokharanews.com/wp-content/uploads/2021/07/rabindra-mishra-praposal.pdf” title=”rabindra mishra praposal”]

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button