लमजुङमा निःशुल्क स्वास्थ्य शिविर : १ सय २२ सुरक्षाकर्मी लाभान्वित

पोखरा न्यूज। जिल्ला प्रशासन कार्यालय र जिल्ला अस्पताल लमजुङको समन्वयमा जिल्ला प्रहरी कार्यालयले बेँसीशहरमा आयोजना गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा १२२ जना सुरक्षाकर्मीको परीक्षण गरिएको छ ।

शिविरमा ब्लडप्रेसर, सुगर, थाइराइड, भाइरल ज्वरो, रुघाखोकी, हाडजोर्नी दुख्ने समस्या, एचआइभीलगायतको जाँच गरिएको जिल्ला अस्पताल लमजुङका प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार परीक्षण गरिएका अधिकांश सुरक्षाकर्मीमा भाइरल ज्वरो र रुघाखोकीको देखिएका छन् । सो अवसरमा रु २० हजार मूल्य बराबरको ल्याब जाँच र औषधि वितरण गरिएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले भन्नुभयो, “जिल्ला प्रहरी कार्यालय लमजुङ र प्रदेश प्रहरी कार्यालय पोखराबीच भएको सम्झौताअनुसार प्रत्येक आर्थिक वर्षमा कम्तीमा दुई पटक छ÷छ महिनाको अन्तरालमा कम्तीमा दुईपटक प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण गर्ने र बिरामी भएका प्रहरी कर्मचारीलाई औषधि उपचार गर्ने सम्झौताअनुसार शिविर सञ्चालन गरेका हौँ ।”

शिविर उद्घाटन गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले जनताको सुरक्षामा खटिने प्रहरी कर्मचारीको समय समयमा स्वास्थ्य परीक्षण गर्न आवश्यक रहेको बताउनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button