पर्वतका स्थानीय तहको बेरुजु १० करोड

पोखरा न्यूज। सात स्थानीय तहमा झण्डै रु १० करोड बेरुजु देखिएको छ। पर्वतका दुई नगरपालिका र पाँच गाउँपालिकासहित सात स्थानीय तहमा रु नौ करोड ७५ लाख ९१ हजार बेरुजु देखिएको हो ।

महालेखा परीक्षकको कार्यालयले गएको शुक्रबार सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदनअनुसार पर्वतका सातवटा पालिकाको रु छ अर्ब ७९ करोड ५० लाख २० हजार बजेटको लेखापरीक्षण गर्दा १.२४ प्रतिशत बेरुजु देखिएको हो ।

महालेखाको प्रतिवेदनअनुसार पर्वतमा सबैभन्दा धेरै बेरुजु कुश्मा नगरपालिकाको देखिएको छ भने सबैभन्दा कम पैँयु गाउँपालिकामा देखिएको छ। कुश्मा नगरपालिकामा रु एक अर्ब ६३ करोड ४८ लाख ८४ हजारको लेखा परीक्षण गर्दा रु पाँच करोड २३ लाख ५८ हजार बेरुजु देखिएको छ। कुश्माको बेरुजु प्रतिशत तीन दशमलव २० प्रतिशत देखिएको छ ।

त्यसैगरी, फलेवास नगरपालिकामा रु एक अर्ब ३४ करोड १८ लाख ३८ हजारको लेखापरीक्षण गर्दा रु एक करोड ४५ लाख २२ हजार बेरुजु देखिएको छ। फलेबासको बेरुजु प्रतिशत एक दशमलब आठ प्रतिशत छ। पर्वतमा सबैभन्दा कम बेरुजु पैयुँ गाउँपालिकामा रहेको छ ।

पैंयुमा रु ६६ करोड ६९ लाख ४५ हजारको लेखा परीक्षण गर्दा रु २१ लाख १२ हजार मात्र बेरुजु देखिएको छ। पैँयुको बेरुजु प्रतिशत शून्य दशमलव ३२ प्रतिशत छ। पर्वतमा पैँयुपछि मोदी गाउँपालिकामा कम बेरुजु देखिएको छ। मोदीमा रु एक अर्ब तीन करोड १९ लाख ९१ हजारको लेखा परीक्षण गर्दा रु ३८ लख ९३ हजार बेरुजु देखिएको छ ।

मोदीको बेरुजु शून्य दशमलव ३८ प्रतिशत छ। महाशिला गाउँपालिकामा बेरुजुको प्रतिशत शून्य दशमलव ४८ प्रतिशत छ। महाशिलामा रु ६२ करोड ३० लाख छ हजारको लेखा परीक्षण गर्दा रु २९ लाख ८४ हजार बेरुजु देखिएको हो। यस्तै, पर्वतको बिहादी गाउँपालिकाको बेरुजु प्रतिशत दुई दशमलव १२ प्रतिशत छ ।

बिहादीमा रु ५५ करोड ६९ लाख ९२ हजारको लेखा परीक्षण गर्दा रु एक करोड १७ लाख ९६ हजार बेरुजु देखिएको छ। यस्तै, जलजला गाउँपालिकामा एक दशमलब ०६ प्रतिशत बेरुजु देखिएको छ। जलजलामा रु ९३ करोड ६८ लाख ४६ हजारको लेखा परीक्षण गर्दा रु ९९ लाख २६ हजार बेरुजु देखिएको छ ।

महालेखापरीक्षकले सार्वजनिक गरेको प्रतिवेदनमा जिल्लाका सम्पूर्ण पालिकामा गत आवको तुलनामा बेरुजु घटेको देखिएको छ। देशभरका स्थानीय तहको औषत बेरुजु प्रतिशत पाँच रहेको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button