किरात याक्थुङ चुम्लुङ कास्कीमा धनबहादुर

पाेखरा न्यूज । किरात याक्थुङ चुम्लुङ कास्कीकाे नयाँ कार्यसमिति चयन भएकाे छ । धनबहादुर सुब्बा लिम्बुकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएकाे हाे ।

समितिकाे उपाध्यक्षमा शान्ती तुम्बाहाङ्फे, सचिवमा गाेबिन्द लिम्बु, काेषाध्यक्षमा रीता तुम्बाहाङ्फे चयन हुनु भएकाे छ । कार्यसमितिकाे सदस्यहरुमा जितबहादुर सुहाङ, सुनिता लिम्बु, भीमकुमार निङलेखु, लक्ष्मण कङदङवा र हरीमाया लिम्बु चयन हुनुभएकाे हाे ।

बिसं २०७६ सालमा कास्की जिल्लामा प्रशासनमा दर्ता भएकाे संस्थाले दुई वर्षे कार्यकाल पछि नयाँ कार्यसमिति चयन गरेकाे हाे । दाेस्राे कार्यकालका लागि अध्यक्षमा पुनः धनबहादुर चयन हुनु भएकाे हाे ।

देशका विभिन्न भागबाट कास्कीमा आइ स्थायी र अस्थायी रुपमा बसाेबास गर्ने लिम्बुहरुले संस्थाकाे गठन गरेकाे अध्यक्ष धनबहादुरले जानकारी दिनु भएकाे छ । लिम्बु भेषभुषा र संस्कृतिकाे संरक्षणका लागि संस्था क्रियाशील रहेकाे उहाँकाे भनाइ छ ।

संस्थाले कास्कीमा हरेक वर्ष विभिन्न कार्यक्रमहरु आयाेजना गर्दै आइरहेकाे जनाइएकाे छ । हाल १५० जना साधारण सदस्यहरु यसमा आवद्ध रहेकाे बताइएकाे छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button