टिकटक बनाउँदा सेती नदीमा खसेर युवती बेपत्ता

पोखरा न्यूज । टिकटक बनाउने क्रममा सेती नदीमा खसेर एक युवती बेपत्ता भएकी छन् । मंगलबार दिउँसो तनहुँको शुक्लागण्डकी नगरपालिका- ८ लालिमकी पवित्रा लम्साल बेपत्ता भएको प्रहरीले जनाएको छ ।

सोही वडाको सेतीको किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउँदा लम्साल नदीमा खसेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताउनुभयो । घटनाको बेला त्यहा दुई जना साथी पनि थिए ।

लम्साल नदीमा खसेपछि प्रहरीलाई दिउँसो २ बजे खबर भएको थियो । नदीतर्फ जादै गर्दा लम्साललाई  साथीले चिच्याउँदै ‘नजा भनेको के’ भनेको सार्वजनिक एक भिडियोमा सुनिन्छ । बेपत्ता लम्सालको प्रहरीले खोजी रहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button