पाेखरा न्यूज । उत्तर कोरियाले दुई ओटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा ती मिसाइल प्रहार गरेको दक्षिण कोरियाले पुष्टि गरेको छ । यसअघि दक्षिण कोरियाले पूर्वी सागरमा एउटा अपरिचित प्रोजेक्टाइल खसेको जनाएको थियो ।
जापानको तटीय गार्डले पनि उत्तरले ब्यालेष्टिक मिसाइल प्रहार गरेको जनाएको छ । उत्तर कोरियाको पछिल्लो परीक्षणले प्योङयाङमाथि आणविक गतिविधि नियन्त्रण गर्ने राष्ट्रसंघको संकल्प प्रस्ताव उल्लंघन गरेको छ ।
केही दिनअघि मात्र उत्तर कोरियाले लामो दूरीको क्रुज मिसाइल परीक्षण गरेको थियो । सो मिसाइल जापानको अधिकांश भू–भागमा पुग्ने क्षमता राख्थो ।
सो कु्रज मिसाइलमा आणविक हतियार राख्न मिल्ने विज्ञहरुले बताएका छन् । राष्ट्रसंघको सुरक्षा परिषद्ले क्रुज मिसाइल परीक्षणमा भने प्रतिबन्ध लगाएको छैन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution