अफगानिस्तानमा मेयरले भने, महिला कर्मचारी कार्यालय नजानू

पाेखरा न्यूज । अफगानिस्तानको राजधानी काबुलका नयाँ मेयरले महानगरका सम्पूर्ण महिला कर्मचारीलाई घरमै बस्न निर्देशन दिनुभएकाे छ। मेयर हामदुल्लाह नोमानीले केही समयका लागि महिला कर्मचारीलाई कार्यालय नजान निर्देशन दिनु भएकाे हाे । काबुल महानगरका कूल तीन हजार कर्मचारीमध्ये एकतिहाई महिला हुनुहुन्छ ।

कट्टर मुस्लिम सरकारले अफगान महिलामाथि लगाएको यो पछिल्लो प्रतिबन्ध हो ।

सन् १९९० को दशकमा सत्तामा रहँदा तालिवानले महिलालाई विद्यालय जान र कार्यालयमा काम गर्न प्रतिबन्ध लगाएको थियो । अमेरिकी सेनाको फिर्तीसँग गत महिना अफगान सत्ता कब्जा गरेका तालिवानले महिलाको अधिकार ‘मुस्लिम कानूनको ढाँचाभित्र रहेर’ सम्मान गरिने जनाएको छ ।

सत्ता कब्जा गरेपछि तालिवानले सुरक्षा अवस्था सुधार नहुन्जेल महिलालाई घरमै बस्न निर्देशन दिएको छ । सरकारको बिरोधमा उत्रिएका महिला प्रदर्शनकारीलाई तालिवान लडाकूले निर्घात कुटेका छन् । नयाँ सरकारमा महिलालाई स्थान दिइएको छैन् । महिला मन्त्रालय खारेज गरेर त्यसको ठाँउमा इस्लाम धार्मिक सिद्धान्तसम्बन्धी विभाग गठन गरिएको छ ।

यो साता अफगानिस्तानका माध्यामिक विद्यालय खुले पनि महिला विद्यालय बन्द छन् । तालिवानले महिला विद्यालय चाँडै खोल्ने बताए पनि यसवारे धेरैले आशंका गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button