आफ्नै श्रीमतीकाे हत्या गरेको अभियोगमा प्रकाश पक्राउ

पाेखरा न्यूज । आफ्नै ३५ वर्षीया श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा बाँकेका ३४ वर्षीय युवकलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

३५ वर्षीया लक्ष्मी रुपा न्यौपानेलाई कुटपिट गरी हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-३ भगरीया बस्ने ३४ वर्षीय प्रकाश न्यौपानेलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशले आफ्नै श्रीमती लक्ष्मीलाई कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने जानकारी पाएपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घाइते लक्ष्मीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको  जनाएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button