समाचारसमाज

भैंसी चोरेको आरोपमा प्रहरी हिरासतमा रहेका थुनुवा रानाको मृत्यु

पाेखरा न्यूज । भैंसी चोरेको आरोपमा अनुसन्धानका लागि कैलालीको टीकापुरस्थित प्रहरी हिरासतमा राखिएका एकजना थुनुवाको मृत्यु भएको छ ।

भैंसी चोरेको आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएका सुर्खेतको चौकुने गाउँपलिका-३ वेतान बस्ने ३५ वर्षीय धनबहादुर रानाको हिरासतभित्रै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले रानालाई हिरासतभित्र रहेको शौचालयमा झुण्डिएकाे अवस्थामा फेला परेको बताउनु भयाे । शौचालयको भेन्टिलेसनको जाली च्यातेर झ्यालको सरियामा गञ्जीको डोरी बनाई रानाले आत्महत्या गरेको प्रहरी नायव उपरिक्षक विष्टले बताउनु भयाे ।

मृतक रानालाई कैलालीको जानकरी गाउँपालिका-१ का पुलराम थारुको भैंसी चोरेको आरोपमा आफन्तले दिएको जाहेरीका आधारमा अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x