मकालु बेसक्याम्प घुम्न गएका एक युवकको मृत्यु

तीन दिनपछि सार्वजनिक

पाेखरा न्यूज । मकालु बेसक्याम्प घुम्न गएका एक युवककाे मृत्यु भएकाे छ । संखुवासभाको मकालु गाउँपालिका-२ याङ्लेखर्कमा एकजनाको मृत्यु भएको हाे । मृत्यु हुनेमा इलामको सूर्योदय नगरपालिका-४ श्रीअन्तुका धरणीधर घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिनुभयाे ।

मकालु बेसक्याम्प घुम्न गएका घिमिरेको निमोनियाका कारण मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयाे । घिमिरे सूर्योदय-४ श्रीअन्तुका शिक्षक तथा होमस्टे व्यवसायीसमेत हुन् ।

मकालु बेसक्याम्प घुम्न गएका घिमिरेलाई याङ्लेखर्कमा पुगेपछि स्वास्थ्य समस्या देखिको थियो । उपचारका लागि बोकेर सदरमुकाम ल्याउँदै गर्दा मंगलबार बाटैमा मृत्यु भएको आफन्तले जानकारी दिनुभयाे ।

गत २८ असोजमा घिमिरेसहित उहाँका जेठा दाजु एकराज घिमिरे, माइला दाजु रुद्र घिमिरे, छिमेकी मिलन ढकाल, विराटनगर महानगरपालिका-४ का उज्वल घिमिरे, सुनसरीका सौजन घिमिरे र संखुवासभा चैनपुर नगरपालिका-६ का श्याम राउत मकालु आधार शिविर घुम्न जानुभएकाे थियाे ।

घटनाबारे मृतकका दाजुले बिहीबार मात्रै प्रहरीलाई जानकारी गराउनु भएकाे थियाे । घटनास्थल सदरमुकाम खाँदबारीबाट पाँच दिनको पैदलमा पर्दछ । संखुवासभाको मकालु आधार शिविरमा गत वर्ष खाँदबारी नगरपालिका-१ का २४ वर्षीय विवेक श्रेष्ठको लेक लागेर मृत्यु भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button