अमेरिकी पत्रकारलाई म्यानमारमा ११ वर्ष जेल सजाय

पाेखरा न्यूज । म्यानमारको जुन्ता सरकारले एक अमेरिकी पत्रकारलाई ११ वर्ष जेल सजाय तोकेको छ । गैरकानुनी संगठन खोलेको, आप्रावासीसम्बन्धी कानुन उल्लंघन गरेको र सेनाबिरुद्ध विद्रोह गरेको अभियोगमा उहाँलाई सरकारले जेल सजाय तोकेको हो ।

उहाँमाथि यसअघि सरकारले राजद्रोह र आतंकवादसम्बन्धी गतिविधि गरेको आरोप लगाएको थियो । उहाँमाथि लगाइएका नयाँ आरोप गम्भीर प्रकृतिका भएको र उहाँ दोषी ठहर भए जन्मकैदको फैसला हुने जनाइएको छ । उहाँमाथि लगाइएको मुद्दाको सुनुवाई चार दिनपछि सुरु हुनेछ ।

३७ वर्षीय फेन्सटर मे महिनामा यांगुन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ पर्नुभएकाे थियाे । यसै वर्षको सुरुमा सेनाले सत्ता हातमा लिएपछि भएको रक्तपातपूर्ण प्रदर्शनहरुमा हजारौं मानिस पक्राउ परेका थिए । प्रदर्शनका क्रममा कम्तिमा एक हजार १७८ जना मारिएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button