पोखराको पुम्दीकोट महादेव मूर्तिलाई सरकारको आवश्यक सहयोग हुन्छ: अर्थमन्त्री शर्मा

पोखरा न्यूज ।  अर्थमन्त्री जनार्दन शर्माले पोखराको पुम्दीकोटमा निर्माणाधीन पुम्दीकोट महादेव मूर्ति निर्माण स्थलका आवश्यक कार्य सम्पन्न गर्न आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।

पोखरा महानगरपालिका २२ स्थित पुम्दीकोट महादेव मन्दिर इतिहास र अर्थतन्त्रसँग जोडिएको बताउँदै अर्थमन्त्री शर्माले आर्थिक क्षेत्रमा ठुलो योगदान पुर्‍याउने र संस्कृतिलाई स्थापित गराउने योजनालाई सम्पन्न गराउन आफ्नो तर्फबाट आवश्यक सबै सहयोग हुने आश्वासन दिनुभएको हो । उहाँले शनिबार पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण भइरहेको स्थानमा पुगी स्थलगत अध्ययन गरेर उक्त आश्वासन दिनुभएको हो ।

पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण समितिका संयोजक, समितिका सदस्य तथा स्थानीयलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले जनसहभागिता र सरकारको सहभागितामा सो स्थानमा महत्त्वपूर्ण कामहरू भएको र ती कामहरू सम्पन्न गर्न सहकार्य गर्न  आफू तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले यही भनेर तोकेर होइन, तपाइहरूलाई आवश्यक सहयोग गर्नका लागि म तयार छु, सङ्घीय सरकारको तर्फबाट म त्यसको पहल गर्छु ।’

देश विदेशबाट यसको इतिहास हेर्न पढ्न र बुझ्न पुम्दीकोटमा पर्यटक आइपुग्ने बताउँदै अर्थमन्त्री शर्माले सो मौलिक योजनाले इतिहास र संस्कृतिलाई जोडेर  देशको अर्थतन्त्र थप चलायमान बनाउने बताउनुभयो ।

पुम्दीकोट महादेव मूर्तिको माध्यमले  पर्यटनको राजधानी पोखरालाई अझ बढी आकर्षण गर्ने  र देश विदेशका पर्यटकहरूको ध्यान यहाँ तानिने उहाँको भनाई थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button