पोखरामा ६ माघदेखि आहा रारा गोल्ड कप, १० टिमले प्रतिस्पर्धा गर्ने

पोखरा न्यूज। मोफसलको उत्कृष्टमध्येको एक  ‘आहा रारा गोल्डकप’ ६ माघदेखि पोखरा रंगशालामा शुरु हुने भएको छ ।

२०औं संस्करणको  प्रतियोगितामा एक अमेरिकी टिमसहित १० टिम सहभागि हुने आयोजक सहारा क्लब पोखराले जानकारी दिएको छ  ।

१५ माघसम्म सञ्चालन हुने प्रतियोगितामा विवाईएससी मिनेसोटा अमेरिका, मनाङ मर्स्याङ्दी, नेपाल पुलिस क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, संकटा क्लब, मछिन्द्र क्लब, हिमालयन शेर्पा क्लब र सहारा क्लब सहभागी हुने बताइएको छ ।

सहारा क्लब पोखराको आयोजनामा हुने प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता १५ माघसम्म सञ्चालन हुने अध्यक्ष सुरज गुरुङले जानकारी दिए । क्लबले फुटबल टुर्नामेन्ट गरेरै एकेडमी सञ्चालन गर्दै आएको छ ।

“खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने नाराका साथ आयोजना हुने प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा  हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउ रहेको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button