९७५ जनासँग अवैध वित्तीय कारोबार गर्ने पोखराका भट्टराईसहित ३ युवक पक्राउ

पोखरा न्यूज । प्रहरीले क्रिप्टो करेन्सीबाट वित्तीय कारोबार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

नेपाल राष्ट्र बैङ्कले बैंक तथा वित्तीय कारोबार गर्न जारी गरेको नियम विनियम, निर्देशन र आदेश विपरीत बिट क्वाईनबाट वित्तीय कारोबार गरेको आरोपमा काठमाडौँको मिनभवनबाट बिहीबार दिउसो तीन युवालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा पर्वत फलेवास -११ कर्नास घर भई पोखरा बस्दै आएका २१ वर्षीय राजन भट्टराई, सुनसरी -४ इटहरीका २५ वर्षीय विशाल श्रेष्ठ र काठमाडौँ ११ थापाथलीका २७ वर्षीय दिपेनराज श्रेष्ठ रहेका छन् ।

अनुसन्धानका क्रममा भट्टराईले हालसम्म ९७५ जनासँग एक हजार ९२६ पटक दुई लाख ६० हजार रुपैयाँ कारोबार गरेको फेला परेको महानगरीय अपराध महाशाखा काठमाडौँले जनाएको छ । अन्य दुई जना समेत कारोबारी रहेको खुलेपछि पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरूलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button