फुटबल खेलपछि हिंसा भड्किँदा एक सय २९ को मृत्यु

इन्डोनेसियामा फुटबल खेलपश्चात दुई टोलीका समर्थक झगडामा उत्रेपछि भड्किएको हिंसामा परी कम्तिमा १ सय २९ जनाको मृत्यु भएको छ ।

इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुखको भनाई उद्धृत गर्दै रोयटर्सले आइतबार एक फुटबल खेलको क्रममा जम्मा भएको भीडमा भागदौड मच्चिँदा कम्तिमा १ सय २९ जनाको मृत्यु भएको र ३०० जना घाइते भएको जनाएको छ । इन्डोनेसियन प्रिमियर लिग अन्तर्गतको खेलपश्चात दुई टोलीका समर्थकबीच कैयौं झगडा परेको थियो । सोही झगडा छुट्ट्याउने क्रममा प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि रंगशामा भागदौड मच्चिएको जनाइएको छ ।

हार्ने पक्षका समर्थकहरूले मैदानमा प्रवेश गरेर खेलाडी तथा विजयी पक्षधर समर्थकहरुलाई आक्रमण गरेका थिए भने अचानक देखा परेको भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास तथा लाठी प्रहार गरेका थिए । टियर ग्याँस र लाठीचार्जबाट बच्न हजारौँ दर्शक एकसाथ रंगशालाको गेटतर्फ भाग्दा भीडमै किचिएर ३४ जनाको मृत्यु भएको जनाइएको छ ।

घटनामा मृतकको संख्या अझै बढ्न सक्ने जनाइएको छ । घाइते भएका मध्ये १ सय ८० जनाको अवस्था गम्भीर रहेको त्यहाँका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button