पोखरामा नक्कली सुन धितो राखी लाखौँको कर्जा, एक पक्राउ

नक्कली सुन धितो राखी वाणिज्य बैंकबाट २४ लाख कर्जा लिने एक पुरुष पोखराबाट पक्राउ परेका छन् ।

पर्वतको कुश्मा घर भई हाल पोखरा-१८ बस्दै आएका २५ वर्षीय अभिषेक सुनार नक्कली सुन धितो राखी ऋण लिएको अभियोगमा पक्राउ परेका हुन् । सुनारले पोखरा-१७ विरौटामा रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड कास्कीबाट १६ लाख ६० हजार र वाणिज्य बैंककै पोखरा-८ पृथ्वीचोकमा रहेको अर्को शाखाबाट सात लाख ४५ हजार गरि कुल २४ लाख पाँच हजार रुपैयाँ कर्जा लिएका थिए ।

निजले धितो राखेको गहना

लामो समयसम्म कर्जाको व्याज तथा साँवा बुझाउन नआएपछि बैंकले शंका लागि सुनारले धितोमा राखेको गरगहना चेक गर्दा कमसल सुन प्रयोग गरी तयार गरिएको गरगहना रहेको पत्ता लागेको थियो । गरगहना चेकजाँचका लागि नेपाल सुनचाँदी व्यवसायी संघ कास्की पठाइएकोमा चेकजाँचका क्रममा नक्कली सुन पुष्टि भएको प्रहरीले जनाएको छ ।

सुनारलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वास घात तथा आपराधिक लाभसम्बन्धि कसुरमा पाँच दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको पनि प्रहरीले उल्लेख गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button