चितवनमा अग्रता : रास्वपा दुई, राप्रपा एक, ठूला दल शुन्य

चितवन जिल्लाको प्रतिनिधिसभाको सदस्यका लागि भएको निर्वाचनमा तीन क्षेत्रमध्ये दुईमा राष्ट्रिय स्वतन्त्र पार्टी र एक क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीले फराकिलो अग्रता बनाएका छन् ।

चितवन क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेद्बार रवि लामिछाने जित नजिक पुगेका छन् । उनले ३३ हजार ८६ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका उमेश श्रेष्ठले ११ हजार ४ सय १५ र नेकपा एमालेका कृष्णभक्त पोख्रेलले ११ हजार २ सय ६६ मत प्राप्त गरेका छन् ।

त्यस्तै चितवन १ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीकै हरि ढकालले फराकिलो अग्रता बनाएका छन् । ढकालले २३ हजार ९४ मत हासिल गर्दा निकटतम् प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले १६ हजार १ सय ४२ र नेपाली काङ्ग्रेसका विश्वनाथ पौडेलले १५ हजार ९ सय ६६ मत हासिल गरेका छन् ।

चितवन ३ मा भने राप्रपाले फराकिलो अग्रता बनाएको छ । राप्रपाका विक्रम पाण्डे १६ हजार ७ सय ८४ मत पाएका छन् भने रास्वपाकी जिता बरालले ८ हजार ४ सय ८६ मत र गठबन्धनका भोजराज अधिकारीले ९७८५ मत हासिल गरेका छन् । चितवन ३ हाल सम्म ४३ हजार ४ सय ८७ मत गणना भइसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button