चितवन २ मा ३४ हजार बढी मतान्तरका साथ रवि लामिछाने विजयी

चितवन जिल्लाको क्षेत्र नम्बर २ प्रतिनिधिसभाको सदस्यका लागि भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछानेले फराकिलो जीत हासिल गरेका छन् ।

चितवन क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेद्बार रवि लामिछानेले ४९ हजार २ सय ६१ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ र नेकपा एमालेका कृष्णभक्त पोख्रेलले १४ हजार ६ सय ४९ मत प्राप्त गरेका छन् ।

मतान्तरका हिसाबले यो ३४ हजार १ सय ७२ बढी मतका साथ लामिछानेको जीत हो । त्यस्तै चितवन १ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीकै हरि ढकालले फराकिलो अग्रता बनाएका छन् भने चितवन ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी अगाडि रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button