पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत आवासीय डाक्टरहरु आन्दोलनमा

दिपा भण्डारी (पौडेल), पोखरा न्युज । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत रेजिडेन्ट डाक्टरहरु आन्दोलनमा उत्रिएका छन् । रातभर शल्यक्रियामा संलग्न रहेका सर्जरी विभागमा कार्यरत रेजिडेन्ट डा किरण श्रेष्ठको गत २१ गते बिहान शारीरिक अस्वस्थताका कारण निधन भएपछि प्रशासनसँग विभिन्न माग राख्दै उनीहरु सांकेतिक रुपमा आन्दोलनमा उत्रिएका हुन ।

आवासीय चिकित्सकहरुले ड्युटीमै रहेको अवस्थामा मृत्यु भएका डा श्रेष्ठको नाममा प्रतिष्ठानको पुस्तकालय हुनुपर्ने र उनको परिवारलाई राष्ट्रसेवक कर्मचारीलाई प्रदान गरिने सरहको सुविधा दिनुपर्ने मुख्य २ माग राखेका छन् । आफ्ना सहकर्मीको ड्युटीमै रहेको अवस्थामा मृत्यु भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा कार्यरत रेजिडेन्ट डाक्टरहरु अर्थात आवासीय चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् ।

उनीहरुले ड्युटिको समयमा बिरामीको सेवा गर्दागर्दै गत २१ गते मृत्युवरण गरेको घटनाको अनुसन्धान गर्न माग गर्दै अस्पताल प्रशासन अगाडी स्व डा. श्रेष्ठको ब्यानर राखेका छन् भने हरेका दिन बेलुकीको समयमा दिप प्रज्वलन गरेर सांकेतिक रुप्मा आन्दोलन गर्ने गरेका छन् । आवासीय चिकित्सकहरुले ड्युटीमै रहेको अवस्थामा मृत्यु भएका डा श्रेष्ठको नाममा प्रतिष्ठानको पुस्तकालय हुनुपर्ने र उनको परिवारलाई राष्ट्रसेवक कर्मचारीलाई प्रदान गरिने सरहको सुविधा दिनुपर्ने मुख्य २ माग राखेका छन् ।

यस्तै देशभरिकै विभिन्न प्रतिष्ठान, मेडिकल कलेज तथा अस्पतालमा कार्यरत तथा अध्ययनरत आवासीय चिकित्सकहरुको ड्युटी आवर र कार्यभारको विषयमा अध्ययन गरी आवासीय चिकित्सकको शारीरिक र मानसिक स्वास्थ्यलाई मध्यनजर गर्दै चिकित्सा शिक्षा आयोग लगायतका निकायमार्फत वैज्ञानिक तरिकाले ड्युटी आवर निर्धारण गर्नुपर्ने माग गरेका छन् ।

आवासीय चिकित्सकलाई अस्पताल भित्रै आधारभूत व्यवस्था सहितको आवासको अनिवार्य व्यवस्था हुनुपर्ने र सो सुविधा नभएका अस्पतालहरुमा रेजिडेन्टीको कार्यक्रमको स्वीकृती नै खारेज गर्नुपर्ने लगायतका १० बुँदे माग आवासीय चिकित्सकहरुको छ । यता अस्पताल प्रशासनले भने रेजिडेन्ट डाक्टरहरुले उठाएका मागहरु नीति नियममा नै नभएका कारण अस्पतालले सम्वोधन गर्न नसक्ने जनाएको छ । उनीहरुको मागलाई आफुभन्दा माथिल्लो निकायमा पुर्याउने अस्पतालका निर्देशक डा. भरतबहादुर खत्रीले बताए ।

रातभर शल्यक्रियामा संलग्न रहेका डा श्रेष्ठ २१ गते बिहान ६ बजे शारीरिक अस्वस्थताका कारण आराम गर्न कोठामा गएका थिए। कोठामा पुग्ने वित्तिकै बेहोस् भएका उनलाई अचेत अवस्थामा प्रतिष्ठानकै आकस्मिक ल्याइयो । बिहान १० बजे आइसियूमा उनलाई मृत घोषित गरियो भने डा श्रेष्ठको निधन भएको १३औं दिनको सम्झनामा देशभरका १७ स्वास्थ्य संस्थाका आवासीय चिकित्सकले हिजो सोमबार दीप प्रज्वलन गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button