पोखरा वृद्धाश्रममा उद्घाटन गरियो मेडिकल ल्याब

सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङ्गले पोखरा वृद्धाश्रमका स्थापना गरिएको मेडिकल ल्याबरेटरीको उद्घाटन गरेका छन् ।

ल्याब उद्घाटन गर्दै मन्त्री गुरुङ्गले वृद्धाश्रमका लागि आवश्यक पर्ने अत्यावश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामाग्री उपलब्ध गराउने बताएका छन् । उद्घाटन मन्तव्य व्यक्त गर्दै मन्त्री गुरुङ्गले असहाय, बेवारिसे र अशक्त ज्येष्ठ नागरिकहरुको हेरचाह, पालनपोषण र उपचार सरकारले जिम्मा लिनु पर्ने भएता पनि पोखरा वृद्धाश्रम जस्ता स्वयमसेवी संस्थाले सो कार्य गरेकोमा प्रशंसा गरेका थिए ।

उद्घाटन मन्तब्यका क्रममा मन्त्री गुरुङ्गले आश्रमलाई अत्यावश्यक पर्ने सरसफाईका सामाग्री, संचालनका लागि आवश्यक पर्ने सामग्री खरिदका लागि सहयोग गर्न मन्त्रालयले कुनै कसर बाँकी नराख्ने बताएका थिए । हाल संघीय सरकारको अनुदान रकम उपलब्ध भए पछि आश्रमले ल्याबका स्वास्थ्य सामग्री खरिद गरेको कुरा आश्रमका अध्यक्ष तथा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका केन्द्रीय सचिव कुसुम केशव पराजुलीले जानकारी दिए ।

गत आर्थिक बर्षमा सामाजिक विकास मन्त्रालयले ज्येष्ठ नागरिकहरुलाई लाग्ने अल्जाईमर रोग स्क्रिनिङ्ग टेष्ट कार्यक्रम संचालन गर्न रु.७ लाख बजेट बिनियोजन गरेको र उक्त कार्यक्रम सामाजिक बिकास कार्यालयमार्फत संचालन भएको जनाइएको छ । आश्रम हातामा रहेका ज्येष्ठ नागरिकका अतिरिक्त गण्डकी प्रदेशका अल्जाईमर पीडित ज्येष्ठ नागरिकहरुलाई पोखरा वृद्धाश्रममा ल्याएमा निशुल्क परीक्षण गरिने जानकारीसमेत आश्रमका सचिव धर्म बहादुर तमुले दिएका थिए ।

यसै गरी कार्यक्रममा ज्येष्ठ नागरिक तथा गृहिणीहरुलाई लक्षित गरि संचालन गरिएको आय आर्जन कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुलाई सहभागिताको प्रमाण पत्रसमेत बितरण गरिएको थियो । सो अवसरमा आश्रमको लागि आवश्यक पर्ने १५ थरीका अचार उत्पादन र बढि भएको खाद्य पदार्थ बिक्री गर्न सकिने बताइएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button