सुपरमाई हाइड्रोको आइपिओ बाँडफाँड सम्पन्न

काठमाण्डौ, ०५ फागुन ।  सुपरमाई हाइड्रो आयोजनाको साधारण सेयर बाँडफाँड सम्पन्न भएको छ ।

बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आज बिहान १० बजे एक कार्यक्रमबीच आइपिओ बाँडफाँड कार्यक्रम गरेको हो  ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित ४ लाख १५ हजार कित्ता सेयर माघ २३ देखि २६ गतेसम्मका लागि बिक्री खुला गरेको थियो ।

आइपिओमा करिब ३४ गुणा अर्थात १ करोड ४३ लाख २७ हजारभन्दा धेरै कित्ताको माग आवेदन परेको थियो ।

१३ लाख भन्दा बढीले माग गरेपनि कूल आवेदकमध्ये ४ हजार भन्दा बढीको आवेदन अस्वीकृत भएको थियो ।

बाँडफाँडबाट भाग्यमानी ४१ हजार ५ सय जना आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।

आइपिओको नतिजा भने केही समयपछि सिडिएससीको वेबसाईटमा हेर्न सकिनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button