सन्दीपले लिए तेस्रो विकेट, स्कटल्याण्ड दबाबमा

आइसिसी विश्वकप लिग २ अन्तर्गत आफ्नो चौथो खेलमा स्कटल्याण्डविरुद्ध नेपाललाई तेस्रो सफलता हात परेको छ । नेपालका स्टार लेगस्पिनर सन्दीप लामिछानेले तीन विकेट लिँदै स्कटल्याण्डलाई दबाबमा राखेका हुन् ।

खेलमा टस हारेर ब्याटिङमा उत्रेको स्कटल्याण्डले आक्रामक शुरूवात गरेको थियो ।स्कटिस ओपनर जर्ज मुन्सीले ५० बलमै आक्रामक ६० रन बनाएपछि टोलीले १४ ओभर मै ८९ रन बनाएको छ । तर १४ ओभर अन्तिम दुई बलमा सन्दीपले मुन्सीलाई क्लीन बोल्ड तथा त्यसपछि आएका रिची बेरिङटनलाई शून्य रनमै पवेलियन फर्काएपछि नेपाल खेलमा फर्केको छ ।

सन्दीपले आफ्नो पहिलो ओभरमा पनि काइल कोत्जरलाई एमबीडब्ल्यु आउट गरेका थिए । आउट हुनुपुर्व कोत्जरले २२ रन बनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button