स्वास्थ्यमन्त्री गिरी र डब्लुएचओका महानिर्देशक टेड्रोसबीच स्विजरल्यान्डमा भेटवार्ता

बिरामी सुरक्षा सम्बन्धि पाँचौ मन्त्रीस्तरीय शिखर सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड पुग्नु भएका स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसससँग भेट गर्नुभएको छ ।

भेटमा मन्त्री गिरीले विश्व स्वास्थ्य संगठनले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको लागि धन्यबाद दिनुभएको थियो । विशेष गरी पोलियो तथा विभिन्न रोगका खोप कार्यक्रम, विभिन्न प्रकोपहरूको नियन्त्रण रोकथाम, निवारण र उन्मूलनमा खेलेको योगदानको साथै मातृशिशु स्वास्थ्यमा नेपालका लागि खेलेको भूमिकाका मन्त्री गिरीले संगठनलाई लागि धन्यबाद दिनुभयो ।

भेटमा २०७२ सालको भुकम्प हैजा प्रकोप कोभिड महामारी र कोभिड खोप नेपालका लागि उपलब्ध पुर्याउन खेलेको भूमिकाको लागि समेत मन्त्री गिरीले धन्यबाद ब्यक्त गर्नुभयो । नसर्ने रोग र मानसिक स्वास्थ्य तथा प्रति जैविक औषधीको प्रतिरक्षा प्रणालीलगायतका हाल भइरहेका गतिविधिहरू विस्तार र आपसी सहकार्य तथा समन्वयमा गर्ने कुरा मन्त्री पनि गिरीले भेटमा राख्नुभएको थियो ।

विश्व स्वास्थ्य संगठनका समन्वय सेन्टरहरू निर्माण र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सुदृढीकरण, स्वास्थ्य सुरक्षा र अन्तराष्ट्रिय स्वास्थ्य नियमनको कार्यान्वयनका लागि मूल क्षमता अभिबृद्धि गर्न निरन्तर सहयोगलगायतका कुराहरूका विषयमा भेटमा छलफल भएको मन्त्रीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरीले जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button