नोकियाले फेर्यो आफ्नो ऐतिहासिक लोगो

मोबाइल तथा दूरसञ्चार उपकरण निर्माणकर्ता कम्पनी नोकियाले आफ्नो ऐतिहासिक लोगो फेर्ने भएको छ ।

६ दशकसम्म एउटै लोगोमा ब्रान्डिङ भएको कम्पनीले आफ्नो ब्रान्डको परिचय सँगसँगै लोगो पनि फेर्न लागेको हो । नयाँ लोगोमा नोकिया लेखिएका पाँच अक्षरहरु भिन्दाभिन्दै आकारमा छन् भने नोकियाको पुरानो लोगोमा देखिने नीलो रङ पनि हटेको छ । नोकियाका सिइओ पेक्का लुन्डमार्कका अनुसार पुरानो लोगो मोबाइलसँग धेरै सम्बन्धित थियो तर अब नोकिया अब व्यापार प्रविधि कम्पनीको रुपमा अघि बढ्नेछ ।

पेक्काले सन् २०२० मा नोकियाको सिइओको भूमिकामा कम्पनीमा आएपछि रिसेट, एक्सिलरेट र स्केल गरी तीन चरणको रणनीति सार्वजनिक गरेका थिए । रिसेट अर्थात पुनर्स्थापित गर्ने चरण सकिएसँगै अब एक्सिलरेट अर्थात तीव्रता दिने चरणमा कम्पनी पुगेको पेक्काको भनाई छ ।

कुनै समय मोबाइल डिभाइस जगतको अग्रणी कम्पनी नोकियाले स्मार्टफोनलाई राम्रोसँग सम्बोधन गर्न नसक्दा निकै पछाडि परेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button