इटालीमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा ५८ को मृत्यु

इटालीमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा ५८ जनाको मृत्यु भएको छ ।

अफगानिस्तान, इरान, सोमालियालगायत विभिन्न देशबाट टर्की हुँदै इटाली प्रवेश गर्न लागेका आप्रवासीहरुको दुर्घटनामा मृत्यु भएको हो । करिब डेढ सय यात्रु बोकेर चार दिन अघि टर्कीको इज्मिरबाट हिँडेको काठको डुङ्गा आँधीबीच दक्षिणी इटालीको समुन्द्री तटमा ढुङ्गाहरुमा ठोक्किएको थियो । घटनामा ८१ जनाको उद्धार गरिएको छ जसमध्ये २० जना घाइते रहेका छन् । एक जना घाइतेको सघन उपचार कक्षमा उपचार भइरहेको जनाइएको छ ।

घटना केही बालबालिकासमेत परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । समुन्द्री मार्ग हुँदै अवैध रुपमा युरोप प्रवेश गर्नेहरुका लागि इटाली एक प्रमुख गन्तव्य हो । यसरी अवैध ढङ्गले युरोप प्रवेश गर्ने क्रमम यो वर्ष मात्रै दुई सय २० जनाले ज्यान गुमाइसकेको संयुक्त राष्ट्रसंघको एक प्रोजेक्टको तथ्यांक रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button