पपुवा न्यूगिनीले नेपाललाई दियो दुई सय चार रनको लक्ष्य

आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएईमा जारी त्रिकोणात्मक सिरिजमा पपुवा न्यूगिनीले नेपाललाई दुई सय चार रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङमा उत्रेको पिएनजीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा दुई सय तीन रन बनाएको हो । पिएनजीका लागि चाड सोपरले नटआउट ३६ र नोर्मान भानुआले २५ रन बनाउँदै आठौँ विकेटका लागि ४३ रनको साझेदारी गरेसँगै पिएनजीले नेपाललाई चुनौतीपूर्ण लक्ष्य पेस गरेको हो ।

४४ ओभर १५७ रनमा चार विकेट गुमाइसकेको पिएनजीले अन्तिम ६ ओभरमा ४६ रन जोड्यो । टोलीका लागि असद भल्लाले ३६, किप्लिन डोरिगाले २९ तथा सिसि बाउले ३१ रनको योगदान दिए । बलिङतर्फ नेपालका गुल्सन झाले तीन, कुशल मल्लले दुई तथा सोमपाल कामी, प्रतीस जिसी र करन केसीले एक एक विकेट लिए ।

२ सय चार रनको लक्ष्य पछ्याउँदै नेपालले आफ्नो ब्याटिङ शुरु गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button