नेपालको लगातार पाँचौ जीत, पिएनजी ४ विकेटले पराजित

पपुआ न्युगिनी(पिएनजी) लाई चार विकेटले हराउँदै नेपालले आइसिसी विश्वकप लिग-२ अन्तर्गतका पछिल्ला पाँच खेलमा शतप्रतिशत जीत हात पारेको छ ।

युएईमा जारी त्रिकोणात्मक सिरिजमा पपुवा न्यूगिनीले दिएको २०४ रनको लक्ष्य नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालका लागि ओपनरद्वय आसिफ सेख र कुशल भुर्तेलले ७६ रनको साझेदारी गर्दै उत्कृष्ट शुरुआत दिलाएपछि नेपाल सहज जीततर्फ उन्मुख भएको थियो । तर आसिफ ४४ रनको व्यक्तिगत स्कोरमा रनआउट तथा ज्ञानेन्द्र मल्ल ३ रन मात्रै बनाएर पवेलियन फर्कदा टोली केही दबाबमा आएको थियो ।

अर्का ओपनर कुशल भुर्तेल पनि अर्धशतकीय ५६ रन बनाएलगत्तै आउट भएका थिए भने कप्तान रोहित पौडेल पनि २० रन बनाएर आउट हुँदा नेपाल १३५-४ को स्थितिमा पुगेको थियो । तर त्यसपछि भने आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय साझेदारी गर्दै नेपाललाई जिततर्फ डोहोर्याएका थिए । दीपेन्द्रले २२ तथा आरिफले ३३ रन बनाए । नेपाललाई जीत दिलाउन अन्तिम सट भने कुशल मल्लको ब्याटबाट छक्का बन्यो । बलिङतर्फ पिएनजीका असद भल्लाले ३ तथा नर्मन भानुआ र सेसे बाउले एक-एक विकेट लिन सफल रहे ।

यसअघि टस हारेर ब्याटिङमा उत्रेको पिएनजीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा दुई सय तीन रन बनाएको हो । पिएनजीका लागि चाड सोपरले नटआउट ३६ र नोर्मान भानुआले २५ रन बनाउँदै आठौँ विकेटका लागि ४३ रनको साझेदारी गरेसँगै पिएनजीले नेपाललाई चुनौतीपूर्ण लक्ष्य पेस गरेको हो ।

४४ ओभर १५७ रनमा चार विकेट गुमाइसकेको पिएनजीले अन्तिम ६ ओभरमा ४६ रन जोड्यो । टोलीका लागि असद भल्लाले ३६, किप्लिन डोरिगाले २९ तथा सिसि बाउले ३१ रनको योगदान दिए । बलिङतर्फ नेपालका गुल्सन झाले तीन, कुशल मल्लले दुई तथा सोमपाल कामी, प्रतीस जिसी र करन केसीले एक एक विकेट लिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button