नवलपुरमा ट्याक्टर पल्टिँदा १३ वर्षीय बालकको मृत्यु

नवलपुरमा ट्याक्टर पल्टिँदा १३ वर्षीय बालकको मृत्यु भएको छ भने थप दुई जना घाइते भएका छन् ।

नवलपुर जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–४ देउराली–सर्दी सडकखण्डमा लु ४ त ३०४६ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडक छेउमा पल्टिएको थियो । घटनामा सोही स्थानमा बस्ने १३ वर्षीय बबिन क्षेत्रीको मृत्यु भएको हो ।

घटनामा गम्भीर घाइते क्षेत्रीलाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो । घटनामा घाइते अन्य दुई जनाको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button