डिभिजन २: युएईले नेपाललाई दियो दुई सय आठ रनको लक्ष्य

आईसीसी विश्वकप क्रिकेट डिभिजन-२ अन्तर्गत त्रिदेशीय श्रृङ्खलामा घरेलु टिम यूएईविरुद्ध नेपालले २ सय ८ रनको लक्ष्य पाएको छ ।

टस हारेर ब्याटिङमा उत्रिएको युएईलाई नेपाली बलरले कसिकसाउ बलिङ गर्दै इनिङ भरिनै दबाबमा राख्न सफल भए । युएईले निर्धारित ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २ सय ७ रन बनाएको हो । युएईका लागि आसिफ खानले सर्वाधिक ७२ रन बनाए भने आर्यन लाक्राले २८ र सिपि रिज्वनले २२ रनको योगदान दिए । युएईका लागि रोहन मुस्तफाले पनि ५२ रन बनाए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ३, करन केसी, आरिफ सेख र कुशल मल्लले १-१ विकेट लिन सफल भए । नेपालले केही समयमा जवाफी ब्याटिङ थाल्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button