पपुवा न्यूगिनीले नेपाललाई दियो एक सय ८० रनको लक्ष्य

आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएईमा जारी त्रिकोणात्मक सिरिजमा पपुवा न्यूगिनीले नेपाललाई एक सय ८० रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङमा उत्रेको पिएनजीले ४९.२ ओभर खेल्दै अलआउट भएर एक सय ७९ रन बनाएको हो । पिएनजीका लागि टोनी उराले नटआउट ३९ र किप्लिङ डोरिगाले २६ रन बनाउँदै पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरे। हिरि हिरिले ३१ र गौडी टोकाले १५ रन बनाएसँगै पिएनजीले नेपाललाई सय ८० लक्ष्य पेस गरेको हो ।

नेपाली बलरले निरन्तर विकेट लिँदा पिएनजीको इनिङले खासै लय समात्न सकेन । बलिङतर्फ नेपालका दीपेन्द्र सिंह र सोमपाल कामीले दुई-दुई विकेट लिए । सन्दीप लामिछाने, कुशल मल्ल र करन केसीले एक एक विकेट लिए ।

एक सय ८० रनको लक्ष्य पछ्याउँदै नेपालले आफ्नो ब्याटिङ केही क्षणमा शुरु गर्नेछ । नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button