युएईविरुद्ध ब्याटिङ गर्दै नेपाल

आइसीसी विश्वकप डिभिजन २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले युएईविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ ।

दुबई इन्टरनेसनल स्टेडियम ११:४५ देखि शुरु हुने खेलमा नेपालले ब्याटिङ गर्न लागेको हो । सिरिज अन्तर्गत यस अघिका हरेक खेलमा टस जितेर फिल्डिङ गरेको टोलीले पहिलोपटक ब्याटिङ गर्न लागेको हो । नेपाली टोलीमा चोटका कारण नियमित ओपनर कुशल भुर्तेलले खेल गुमाउने भएको छ । उनको स्थानमा नेपालले पेसबलर प्रतिश जिसीलाई मौका दिने भएको छ ।

आजको खेलमा नेपाललाई जित्नै पर्ने बाध्यता छ । शीर्ष ३ मा रहँदै लिगको अन्त्य गर्ने दाउमा रहेको नेपाललाई यस खेलसहित थप चार खेल जित्नुपर्नेछ । यसरी सबै खेल जिते नेपाल विश्वकप छनोटका लागि सिधै छनोट हुनेछ । नेपालसँगै युएईलाई पनि अघि बढ्ने अब बाकिँ सबै खेल जित्नुपर्ने हुनेछ ।

डिभिजन २ मा सात देश सहभागी छन् जसमध्ये स्कटल्याण्ड र ओमानले शीर्ष दुई स्थान पक्का गरिसकेका छन् । तेस्रो स्थानको नामिबियाले सबै खेल खेल्दा ३९ अङ्क बटुलेको छ भने ५-५ खेल कम खेलेका नेपाल र युएई क्रमश ३० र ३१ अङ्कका साथ पाँचौ र छैटौँ स्थानमा छन् ।

चौथो स्थानको अमेरिकाको ३५ अङ्क छ भने लिगको पुछारमा पपुवा न्युगिनी छ । जारी लिगमा युएईले पपुवा न्युगिनीविरुद्ध दुई खेल हारिसकेको छ भने नेपाललाई एक खेलमा पराजित गरेको छ । नेपालले आफ्नो पिएनजीविरुद्धको दुवै खेलमा जीत हासिल गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button